उपरजिस्ट्रार पराजुलीको निधनपछि उच्च अदालत पाटनका सबै इजलास स्थगित
ललितपुर । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएपछि अदालतले आजका लागि तय भएका सबै इजलास तथा मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
अदालतद्वारा जारी सूचनामा अदालत परिवार शोकमा परेकाले आजका सम्पूर्ण सुनुवाइ स्थगित गरिएको उल्लेख छ। साथै, स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई उक्त निर्णयबारे जानकारी गराइएको छ।