रोनाल्डोको ऐतिहासिक कीर्तिमान, लगातार ६ विश्वकपमा गोल
काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ मा उज्वेकिस्तानविरुद्ध गोल गर्दै नयाँ इतिहास रचेका छन्। ह्युस्टनमा भएको खेलमा दुई गोल गरेका रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले ५–० को सहज जित दर्ता गर्यो।
यस गोलसँगै ४१ वर्षीय रोनाल्डो लगातार ६ वटा विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने। उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। रोनाल्डोले हालसम्म २३० अन्तर्राष्ट्रिय खेलमा १४५ गोल गरेका छन्।