राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६–२८ मा काठमाडौंमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।

शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ।

राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन गर्ने तथा कार्तिक ११ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यतालिका तय गरेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको पार्टीले जनाएको छ

२०८३ असार ६, शनिबार १९:३२ प्रकाशित
ट्रेन्डिङ समाचार