काठमाडौं । पाराग्वेसँग १–० को हार बेहोर्दै टर्कीए फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। शनिबार बिहान भएको खेलमा माटियास गालार्जाले दोस्रो मिनेटमै गरेको गोल पाराग्वेको जितका लागि पर्याप्त बन्यो।
खेलको पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि टर्कीएले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न असफल रह्यो।
यस जितसँगै पाराग्वेले नकआउट चरणको सम्भावना कायम राख्दा टर्कीएको विश्वकप यात्रा भने समूह चरणमै टुंगिएको छ। अमेरिका ६ अंकसहित समूह ‘डी’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ।