इरान–अमेरिका युद्ध अन्त्यका लागि एमओयूमा हस्ताक्षर


काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको समझदारीपत्र (एमओयू) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले डिजिटल माध्यमबाट हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा वार्ता गरिनेछ। साथै, इरानको आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ।

इरानी पक्षले रोक्का गरिएका राष्ट्रिय सम्पत्तिमाथिको पहुँच सुनिश्चित गर्नुपर्ने बताएको छ भने मिसाइल तथा प्रतिरक्षा कार्यक्रम वार्ताको विषय नबन्ने स्पष्ट पारेको छ। दुवै पक्षले कूटनीतिक प्रक्रियामार्फत क्षेत्रीय स्थायित्व कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

२०८३ असार ४, बिहीबार ०८:४२ प्रकाशित
ट्रेन्डिङ समाचार