विपक्षी अवरोधले प्रतिनिधिसभा बैठक प्रभावित, १५ मिनेट स्थगित


काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेका छन्। विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका प्रतिनिधिलाई बोल्न दिएर कार्यसूची अघि बढाउने प्रयास गर्नुभएको थियो।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३’ माथिको छलफल जारी रहँदा पनि विपक्षी दलको विरोध रोकिएन। लगातार अवरोध भएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ।

२०८३ असार ३, बुधबार १५:४३ प्रकाशित
ट्रेन्डिङ समाचार