प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन हर्कराज राईको माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेनद्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभयो। उहाँले रौतहटको गौर क्षेत्रमा भारतद्वारा निर्माण गरिएका बाँधका कारण नेपाली भूभाग डुबानमा पर्ने समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

त्यसैगरी, माईतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गर्दै सरकारले जनसरोकारका विषयमा तत्काल पहल गर्नुपर्ने धारणा राख्नुभयो।

२०८३ असार २, मंगलवार १४:१५ प्रकाशित
ट्रेन्डिङ समाचार