शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा तीव्र गिरावट


काठमाडौं  ।  अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। पाकिस्तानले युद्ध अन्त्यका लागि सम्झौता भएको जानकारी दिएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.८१ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल ४.७ प्रतिशतले घटेर ८०.८९ डलरमा कारोबार भएको छ।

युद्धका कारण प्रभावित हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षाले ऊर्जा बजारमा सकारात्मक संकेत देखिएको छ। यद्यपि, विशेषज्ञहरूले आगामी केही दिन तेल बजार अस्थिर रहन सक्ने र दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको बताएका छन्।

२०८३ असार १, सोमबार १४:०९ प्रकाशित
ट्रेन्डिङ समाचार