ट्रम्पद्वारा इरान सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी, तर इरानले अस्वीकार संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको सम्भावित सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन्। उनले सम्झौता भएपछि स्ट्रेट अफ होर्मुज तत्काल सबैका लागि खुला हुने दाबी पनि गरेका छन्। यो जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले भने उक्त समयसीमासँग असहमति जनाउँदै आइतबार औपचारिक हस्ताक्षर नहुने तर आगामी दिनमा सम्भव हुन सक्ने बताएका छन्।
सिएनका अनुसार, प्रत्यक्ष भेटघाटमा प्राविधिक तथा लजिस्टिक समस्या हुने भएकाले सम्झौतामा भर्चुअल हस्ताक्षर गर्ने तयारी पनि भइरहेको छ। साथै, सम्झौता कार्यान्वयनका लागि ६० दिनको नयाँ वार्ता चरण सुरु हुने बताइएको छ।
इरानमाथि हालैका आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेको बेला यो कूटनीतिक प्रक्रिया अघि बढिरहेको छ।