एमालेद्वारा प्रदेशस्तरमा सुझाव सङ्कलन अभियान सुरु


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरमा सुझाव सङ्कलन अभियान सुरु गरेको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेशबाट अभियान सुरु गरिएको हो। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले विभिन्न प्रदेश, जनसङ्गठन तथा पार्टी निकायबाट सुझाव सङ्कलन गर्नेछ।

स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सुझाव सङ्कलन अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ।

२०८३ जेष्ठ ३०, शनिबार १४:४४ प्रकाशित
ट्रेन्डिङ समाचार