सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप


काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। विवरण संकलनका लागि समय अपुग भएको भन्दै पदाधिकारीहरूको आग्रहपछि अन्तिमपटकका लागि एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिए।

आयोगका अनुसार हालसम्म ३ हजार ५ सयभन्दा बढी सम्पत्ति विवरण प्राप्त भइसकेका छन् भने ६० भन्दा बढी उजुरी दर्ता भएका छन्। थपिएको म्यादभित्र सम्बन्धित सबैले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने आयोगले जनाएको छ।

२०४८ सालपछि सार्वजनिक पद धारण गरेका बहालवाला तथा पूर्वपदाधिकारी, कर्मचारी र जनप्रतिनिधिहरूको सम्पत्ति छानबिनका लागि गठित आयोग हाल विवरण तथा उजुरी सङ्कलनमा व्यस्त रहेको छ। आयोगले ४० देखि ५० हजार व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ।

२०८३ जेष्ठ २७, बुधबार २१:२७ प्रकाशित
ट्रेन्डिङ समाचार