सरकारको बजेट आर्थिक रूपमा बोझिलो : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटलाई आर्थिक रूपमा बोझिलो र अव्यावहारिक भएको टिप्पणी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सरकारले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति अपनाएको आरोप लगाएका छन्।

कांग्रेसका अनुसार बजेटमा चालु खर्च अत्यधिक बढाइएको छ भने पुँजीगत खर्च अपेक्षाकृत कम राखिएको छ। राजस्व संकलनको लक्ष्य पनि यथार्थपरक नभएको दाबी गर्दै कांग्रेसले उत्पादन, उद्योग, निर्यात र रोजगारी वृद्धिका लागि ठोस योजना नदेखिएको जनाएको छ।

यस्तै, किसान, गरिब तथा उत्पादनशील क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको र ऋणको ठूलो हिस्सा गैरउत्पादक क्षेत्रमा खर्च हुने जोखिम रहेको कांग्रेसको भनाइ छ।

२०८३ जेष्ठ १६, शनिबार १६:३९ प्रकाशित
ट्रेन्डिङ समाचार