काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकार गरिब, सुकुमबासी र निमुखा वर्गको हितविपरीत रहेको आरोप लगाएका छन्। शनिबार आयोजित अखिल नेपाल महिला सङ्गठन एकताको राष्ट्रिय भेलामा बोल्दै उनले सरकार योजनाबद्ध राजनीतिक प्रक्रियामार्फत सत्तामा पुगेको दाबी गरे।
उनले कम्युनिस्ट आन्दोलनका उपलब्धिको रक्षा गर्न कार्यकर्ताहरूलाई पुनः एकताबद्ध र सङ्गठित हुन आह्वान गर्दै विगतका कमजोरीबाट पाठ सिकेर अझ बलियो पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।
२०८३ जेष्ठ १६, शनिबार १६:१३ प्रकाशित


