काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति शङ्का व्यक्त गरेका छन्। शनिबार आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलामा बोल्दै उनले निर्वाचनका क्रममा विभिन्न राज्य निकायहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलता अस्थायी लहर भएको टिप्पणी गर्दै यसको वास्तविक कारण भविष्यमा खुल्ने दाबी गरे। साथै, पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै विगतका राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्न आह्वान गरे।
२०८३ जेष्ठ १६, शनिबार १५:२७ प्रकाशित


