स्वास्थ्यमा समस्या देखिएपछि ‘प्रचण्ड अस्पताल भर्ना


काठमाडौँ  ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएपछि मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

उनको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको र आवश्यक उपचार भइरहेको बताइएको छ।

२०८३ जेष्ठ १६, शनिबार १२:३४ प्रकाशित
ट्रेन्डिङ समाचार