काठमाडौं । आज विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको पहुँच विस्तार गर्दै डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ।
दिवसले सूचना प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विषयमा जनचेतना फैलाउने लक्ष्य राखेको छ। शहर र गाउँबीच इन्टरनेट तथा डिजिटल सेवामा रहेको असमानतालाई ‘डिजिटल विभाजन’ भनिन्छ।
यो दिवस अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको सम्झनामा मनाउन थालिएको हो।
२०८३ जेष्ठ ३, आईतवार ०८:०६ प्रकाशित


