वैशाख ३१ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल


मेष : अस्वस्थता, खर्च वृद्धिको सम्भावना छ । बेलुकीपख भने भाग्योदय धन लाभ हुन सक्छ ।

वृष : मिष्ठान्न भोजन, आर्थिक लाभको सम्भावना छ । बेलुका भने निरर्थक खर्च, विवाद हुन सक्छ ।

मिथुन : दिन शुभ फलदायक छ । कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ होला ।

कर्कट : काममा असफलता, राज्यबाट भय भए पनि बेलुकाको समयमा सुख–शान्ति हुने देखिन्छ ।

सिंह : सजग रहनु बेस हुनेछ । कार्यमा बाधा, धन हानि, असफलता, राज्यबाट भय हुन सक्छ ।

कन्या : धन लाभ, यश वृद्धि हुने देखिन्छ तर बेलुकीपख काममा बाधा–व्यवधान आउन सक्छ ।

तुला : समय बलवान् छ । स्वास्थ्यमा स्फूर्ति, धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष होला ।

वृश्चिक : शोक–कष्ट, तनाव आइपर्न सक्छ । तर पनि बेलुकाको समय शुभ भएकाले लाभ होला ।

धनु : समय अनुकूल नहुँदा पेटको समस्या, विवाद, यात्रामा व्यवधान, शोक–सन्ताप हुन सक्छ ।

मकर : दिन शुभ भएकाले प्रगति, लाभ, सम्मान हुन सक्छ । तर बेलुका भने झन्झट आइपर्न सक्छ ।

कुम्भ : दिनमा मन चञ्चल, खर्च भए पनि बेलुकाको समयमा प्रसन्नता, मान–सम्मान हुने देखिन्छ ।

मीन : दिनमा कार्य सफल, धन लाभ होला । बेलुकीपख भने अपव्यय, मनमा अस्थिरता हुन सक्छ ।

२०८३ बैशाख ३१, बिहीबार ०७:४३ प्रकाशित
ट्रेन्डिङ समाचार