पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, दुईतर्फी सडक अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खसेको छ। पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य पाँच स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो। कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। अन्य स्थानमा भने निरन्तर वर्षा र पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार