भोटेकोशी बाढीपीडितका लागि पठाउन लागिएको ५६ क्विन्टल घुन लागेको चामल र म्याद गुज्रिएको मिश्री अस्वीकृत


काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी गरिएको राहत खाद्य सामग्रीको अनुगमनका क्रममा ठूलो परिमाणमा घुन लागेको चामल र म्याद गुज्रिएको मिश्री फेला परेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भदौ ४ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरेको निरीक्षणका क्रममा राहतका लागि तयारी अवस्थामा रहेका चक्की आँटा, नमकीन, सोयावरी, आयोनुन, चामल, मिश्रीलगायत खाद्य सामग्री जाँच गरेको थियो।

अनुगमनका क्रममा चामलका अधिकांश बोरामा घुन लागेको तथा मिश्रीको लेबलमा उपभोग्य मिति समाप्त भइसकेको पाइएको विभागले जनाएको छ। विभागले घुन लागेको करिब ५६ क्विन्टल चामल र ५ किलो म्याद गुज्रिएको मिश्री अस्वीकार (रिजेक्ट) गरेको छ।

अन्य खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर तथा उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भए पनि चामलमा आवश्यक लेबल विवरण नभएको विभागले जनाएको छ। राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) पालना गर्न समेत निर्देशन दिइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार