प्रतिनिधिसभामा सरकारद्वारा जारी आठ अध्यादेश टेबल, कानुनी सुधार प्रक्रिया अघि बढ्यो


काठमाडाैं ।

सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले सिफारिस गरेका आठ वटा अध्यादेश प्रतिनिधिसभामा पेश गरिएको छ। राष्ट्रपति बाट जारी भएका ती अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश र सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) अध्यादेश रहेका छन्।

त्यस्तै, केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन अध्यादेश तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि पेश भएका छन्।

यी अध्यादेशहरू विभिन्न क्षेत्रका कानुनी व्यवस्था अद्यावधिक गर्न तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउन ल्याइएको बताइएको छ।

२०८३ बैशाख २८, सोमबार १५:५५ प्रकाशित
ट्रेन्डिङ समाचार