काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा र खरिददर १५१ रुपैयाँ ५५ पैसा कायम भएको छ।
त्यस्तै, युरोको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा, पाउन्ड स्टर्लिङको २०४ रुपैयाँ २२ पैसा र स्विस फ्र्याङ्कको १८५ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलरको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ९४ पैसा र सिंगापुर डलरको ११९ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र चिनियाँ युआनको २२ रुपैयाँ ८९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरभन्दा फरक हुन सक्ने जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया