ADVERTISEMENT

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो


काठमाडौं । सुनको मूल्य दुई दिनमै प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ। मंगलबार मात्रै सुनको भाउ ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य ५ हजार रुपैयाँ घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य मंगलबार प्रतितोला ११५ रुपैयाँ घटेर ४ हजार ३९५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदीको भाउ १४५ रुपैयाँ घटेको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार