ADVERTISEMENT

बागलुङमा बाढी–पहिरोमा १२ जनाको मृत्यु, एक बेपत्ता


बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढी–पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।

यसअघि शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो। आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो।

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार