काठमाडौँ । मनसुनसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर


प्रतिक्रिया