यूएन महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए


काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा प्रधानमन्त्री शाहले नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य र जलवायु परिवर्तनका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।

सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण उत्पन्न संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

उनले जलवायु संकटमा नेपालको योगदान न्यून भए पनि त्यसको ठूलो असर नेपालले भोगिरहेको उल्लेख गर्दै जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने बताएका थिए। साथै, हिमाली क्षेत्रसहित साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार