धादिङमा राति ९ घण्टा पृथ्वी राजमार्ग बन्द


धादिङ।  निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि धादिङमा पृथ्वी राजमार्ग राति ९ घण्टाका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।

मौसममा आएको परिवर्तनसँगै धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको सूचनाका आधारमा यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार