काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै दाहाललाई आजैदेखि तारेखमा राख्न आदेश दिएको हो।
सर्वोच्चले दाहाललाई थुनामा राखिराख्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गरेको छ। साथै, उनले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको आदेशमा उल्लेख छ।
साइबर अपराधको आरोपमा दाहाललाई गत ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनले ‘ग्रे जोन’को रिपोर्टबारे सामाजिक सञ्जालमार्फत विचार व्यक्त गरेका थिए।
सम्बन्धित खबर

प्रतिक्रिया