काठमाडौं । सरकारले लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणालीमार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाइपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको समस्या कम हुने अपेक्षा गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि सम्झौता गरी छपाइ सुरु गरेको छ।
प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिने व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया