काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको छ।
राति परिवारका सदस्यहरू सुतिरहेका बेला अचानक आगलागी भएको थियो। परिवारका अन्य सदस्य बाहिर निस्कन सफल भए पनि भाग्ने क्रममा लडेर आगोमा परेका सहनीको मृत्यु भएको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। महोत्तरी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया