काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ। आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया