काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले शुक्रबार अपराह्न एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
यसैगरी, ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित मीना होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले १ किलो ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको छ। लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा होटल सञ्चालक रामकुमारी थापा पक्राउ परेकी हुन्।
जिल्ला अदालतबाट पाँच दिनको हिरासत अनुमति लिएर थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया