लमजुङ । लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलानका लागि आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।
मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएकाले सडक बन्द गर्न लागिएको हो। सडक साँघुरो र दुवैतर्फ घर रहेकाले वैकल्पिक मार्गको व्यवस्था गर्न नसकिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार साँझ ५ बजेदेखि भोलि बिहान १० बजेसम्म भने भारी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
सम्बन्धित खबर




प्रतिक्रिया