सचिव बढुवा सिफारिस : विनोद कुँवर स्वतः सचिव बन्ने, अर्को एक पदमा खत्री, पराजुली र तामाङ सिफारिस

जेष्ठताका आधारमा कुँवरको एकल सिफारिस, ८० प्रतिशत कोटाको एक सचिव पदमा तीन वरिष्ठ सहसचिवबीच प्रतिस्पर्धा


सागर पण्डित, काठमाडौं ।

सरकारले सचिव बढुवाको प्रक्रिया अघि बढाएको छ। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बुधबार बिहान  बसेको सचिव बढुवा सिफारिस समितिले जेष्ठताका आधारमा वरिष्ठ सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।

निजामती सेवा ऐनमा रहेको सचिव बढुवासम्बन्धी व्यवस्थाअनुसार जेष्ठता तथा कार्यसम्पादनका आधारमा हुने २० प्रतिशत कोटाअन्तर्गत कुँवरको मात्रै नाम सिफारिस भएको हो।

समितिबाट सिफारिस भएसँगै अब कुँवरलाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्नेछ। यससँगै कुँवर स्वतः सचिव बन्ने बाटो खुलेको छ।

८० प्रतिशत कोटाको एक पदमा तीन वरिष्ठ सहसचिव

समितिले जेष्ठताका आधारमा कुँवरको नाम सिफारिस गर्नुका साथै ८० प्रतिशत कोटाअन्तर्गत रिक्त रहेको एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम पनि सिफारिस गरेको छ।

समितिले वरिष्ठताक्रमअनुसार उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङलाई सचिव बढुवाका लागि सिफारिस गरेको हो।

अब मन्त्रिपरिषद्ले यी तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।

यससँगै सचिव बढुवाका लागि सिफारिस भएका नाम मन्त्रिपरिषद्मा पुगेका छन्। मन्त्रिपरिषद्को निर्णयसँगै एकातर्फ कुँवरको सचिव बन्ने प्रक्रिया टुंगिनेछ भने अर्कोतर्फ ८० प्रतिशत कोटाबाट एक जना नयाँ सचिवले निजामती प्रशासनको उच्च नेतृत्वमा प्रवेश पाउनेछन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार