ADVERTISEMENT

नाडा अटो शोमा डेढ दर्जन नयाँ दुईपाङ्ग्रे

काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंमा सुरु हुने १८औँ नाडा अटो शोमा विभिन्न ब्राण्डले डेढ दर्जनभन्दा बढी नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन्।

यसपटकको प्रमुख आकर्षण नेपाली श्रम, सीप र पुँजीमा तयार भएको यात्रीको पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर ‘यात्री पीटु’ रहनेछ। सिप्रदी यात्रीले नाडा अटो शोबाटै यसको बिक्री सुरु गर्ने जनाएको छ।

यामाहा नेपालले एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। त्यस्तै, सीजी मोटर्सले हिरोका जुम स्कुटर, ग्ल्यामर एक्स र एक्सट्रिम २५० सहित भिडाका नयाँ विद्युतीय मोडल प्रदर्शनीमा राख्नेछ।

मिचे अटो नेपालले पाँच नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने जनाएको छ भने रोयल इनफिल्डको नयाँ क्लासिक मोडल पनि अटो शोमा प्रदर्शन गरिनेछ। क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायत ब्राण्डको समेत सहभागिता रहनेछ।

नयाँ मोडल, विद्युतीय सवारी र नेपालमै एसेम्बली भएका दुईपाङ्ग्रे साधनको बढ्दो उपस्थितिले यस वर्षको नाडा अटो शो नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्ने देखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार