काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार घर फर्किएका छन्।
सरकार र ऋणी प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमतिपछि सरकारले साझा यातायातका बसमार्फत उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ।
सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको जनाइएको छ।
२०८३ भाद्र ७, आईतवार १२:३५ प्रकाशित


