८४ नायब सुब्बाको सरुवा, विभिन्न कार्यालयमा जिम्मेवारी (सूचीसहित)


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ८४ जना नायब सुब्बाको सरुवा गरेको छ।

शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै मन्त्रालयले ४५ र ३९ जनाको गरी कुल ८४ जना कर्मचारीको सरुवा गरेको हो। सरुवा हुने कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय तथा स्थानीय तहमा खटाइएको छ।

कार्यालयमा कर्मचारी अभाव पूर्ति गरी प्रशासनिक सेवा प्रभावकारी बनाउन सरुवा गरिएको मन्त्रालयले जनाएको छ। सरुवा भएका कर्मचारीलाई तोकिएको कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिइएको छ।

यस्तो छ सरुवा सूची :

https://drive.google.com/file/d/1cW5q0djNj39o7125dLo7NmQtTozR4rhx/view?usp=sharing

२०८३ भाद्र ७, आईतवार १०:३७ प्रकाशित
ट्रेन्डिङ समाचार