गगन थापाको नेतृत्वमाथि दीपक खड्काको प्रश्न


काठमाडौं ।  नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापाको कार्यशैली र नेतृत्व क्षमताप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले थापाको नेतृत्वलाई बीपी कोइरालाको ऐतिहासिक नेतृत्वसँग तुलना गर्दै पार्टी एकताबद्ध बनाउन नसकेको आरोप लगाएका हुन्।

खड्काले बीपीले २०१४ सालमा सभापति बनेपछि सबै पक्षलाई समेटेर पार्टी एकताबद्ध बनाएको र त्यसकै परिणामस्वरूप २०१५ सालको निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेको उल्लेख गरेका छन्।

उनले वर्तमान नेतृत्वले पदको जिम्मेवारी लिने तर असफलताको दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यमको समर्थनले मात्रै संगठन बलियो नहुने बताएका छन्। कांग्रेसलाई कार्यकर्ताको विश्वास, संगठनको बल र जनताको मतबाट बलियो बनाउनुपर्ने उनको भनाइ छ।

खड्काले थापालाई सबै पक्षलाई समेटेर पार्टी बलियो बनाउन वा आफू सबैलाई मिलाउन नसक्ने आफ्नो सीमितता स्वीकार गर्नमध्ये एक बाटो रोज्न सुझाव दिएका छन्। उनका अनुसार कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व नभई पार्टी र इतिहासप्रतिको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व हो।

२०८३ भाद्र ६, शनिबार २०:०८ प्रकाशित
ट्रेन्डिङ समाचार