काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को मुस्ताङ भ्रमणको उद्देश्यबारे प्रश्न उठाएका छन्।
औपचारिक जानकारीबिना प्रधानमन्त्री लोमान्थाङ पुगेको भन्दै बस्नेतले भ्रमणबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन्। उनले केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले मुस्ताङका गुम्बा भ्रमण गरेको प्रसंगसमेत जोड्दै प्रधानमन्त्रीको भ्रमणप्रति आशंका व्यक्त गरेका छन्।
बस्नेतले सरकारी भ्रमण पारदर्शी र जबाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य र कार्यक्रम सार्वजनिक गर्न माग गरेका छन्।
२०८३ भाद्र ६, शनिबार १७:१७ प्रकाशित


