गरिमा हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन


काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरिएको छ।

स्वतन्त्र आमा नेपालको अगुवाइमा शनिबार भएको प्रदर्शनमा सहभागीले घटनाका दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

प्रदर्शनकारीले बलात्कार तथा हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर दोषीलाई कारबाही गर्न दबाब दिएका थिए।

बारा, जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि देशभर विरोध भइरहेको छ।

२०८३ भाद्र ६, शनिबार १५:०४ प्रकाशित
ट्रेन्डिङ समाचार