ADVERTISEMENT

जाजरकोटमा बाढीको वितण्डा, ६० घर जोखिममा

काठमाडौं ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन्। बाढीले घरमा क्षति पुर्‍याउनुका साथै सडक, बाटो र पानीघट्ट बगाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

डोग्रा खोला थुनिएर शुक्रबार बिहान एक्कासि फुट्दा आएको बाढीमा परी ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका छन्। यस्तै, सेती खोलाले बगाउँदा छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा पनि बेपत्ता भएकी छन्। दुवैको खोजी भइरहेको छ।

बाढीका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सकिएको छैन। सडक अवरुद्ध हुँदा उद्धार तथा राहतमा कठिनाइ भएको छ भने खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको स्थानीयले बताएका छन्।

गाउँपालिकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि माथिल्लो निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार