राष्ट्र बैंक ऐन समयानुकूल बनाउन गभर्नर पौडेलको आग्रह


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बदलिँदो विश्व अर्थतन्त्र, वित्तीय प्रणाली र प्रविधिलाई सम्बोधन गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी र समयसापेक्ष कानुनी व्यवस्था आवश्यक रहेको बताए। उनले केन्द्रीय बैंक डिजिटल मुद्रा, स्टेबलक्वाइन र सोभरेन वेल्थ फण्डजस्ता नयाँ विषयमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सहज व्यवस्था गर्नुपर्नेमा जोड दिए।

गभर्नर पौडेलले राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय हुँदा उपयुक्त हुने, अर्थसचिवको उपस्थितिले समन्वयमा सहयोग पुगेको र अनुभवी जनशक्तिको उपयोगका लागि अवकाशपछिको ‘कुलिङ पिरियड’ आवश्यक नरहेको धारणा पनि राखे। साथै, ऐन संशोधन गर्दा भविष्यको आवश्यकता र वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरे।

२०८३ श्रावण १, शुक्रबार २०:३३ प्रकाशित
ट्रेन्डिङ समाचार