विष्णु पौडेल साधारण तारेखमा रिहा


काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार थुनछेक बहसपछि विशेष अदालतले मुद्दाको पुर्पक्षका लागि उनलाई साधारण तारेखमा राख्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो।

असार ८ गते पक्राउ परेका पौडेलले आफ्नो पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर खरिदमा सहजीकरण गरेको विभागको आरोप छ। पौडेलले भने उक्त आरोप बयानका क्रममा अस्वीकार गरेका छन्।

२०८३ श्रावण १, शुक्रबार १९:३३ प्रकाशित
ट्रेन्डिङ समाचार