काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका घेराउ गर्न जाने प्रयास गरेका छन्। वीर अस्पतालबाट सुन्धारा हुँदै महानगरतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई प्रहरीले सुन्धारामै रोकेको हो।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएर लैजान खोजेपछि उनले आत्मदाहको प्रयास गरेको बताइएको छ।

२०८३ असार २६, शुक्रबार १५:४७ प्रकाशित



