काठमाडौं । जडीबुटी क्षेत्रमा यात्रु तानातान तथा जबरजस्ती सवारीसाधनमा चढाउने कार्यमा संलग्न रहेको आरोपमा ३२ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।
पक्राउ परेकामाथि यात्रुलाई दुःख–हैरानी दिने, झोला तान्ने र जबरजस्ती गाडीमा हाल्ने आरोप रहेको छ।