काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गरेका हुन्। विरोधपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन्।
२०८३ असार २५, बिहीबार ११:५६ प्रकाशित



