काठमाडौं। महोत्तरीका दुई चिनी उद्योगमा उखु बिक्री गरेका किसानले करिब २ अर्ब रुपैयाँ भुक्तानी पाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज र सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डष्ट्रिजमार्फत आर्थिक वर्ष २०८२/८३ मा बुझाइएको उखुको मूल्यबापत एक अर्ब ७६ करोड ५२ लाख रुपैयाँभन्दा बढी किसानलाई भुक्तानी भइसकेको छ।
यस याममा दुवै उद्योगमा २८ लाख ६७ हजार क्विन्टलभन्दा बढी उखु बुझाइएको थियो। सरकारले उपलब्ध गराउने २० करोड ७ लाख रुपैयाँभन्दा बढी अनुदान रकम पनि भुक्तानीका लागि सिफारिस गरिएको प्रशासनले जनाएको छ। बाँकी मूल्य र अनुदानसमेत असार मसान्तभित्र किसानको खातामा पुग्ने अपेक्षा गरिएको छ।
२०८३ असार २४, बुधबार १६:२३ प्रकाशित



