काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकलाई प्रशासनिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ, किनकि यही बैठकबाट नयाँ मुख्य सचिव नियुक्त हुने सम्भावना बलियो बनेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक नियमित कार्यसूचीका साथै केही महत्वपूर्ण प्रशासनिक निर्णयका लागि आह्वान गरिएको हो । ती निर्णयमध्ये सबैभन्दा महत्वपूर्ण विषय मुख्य सचिव नियुक्ति रहेको उच्च स्रोतले जनाएको छ ।
हालका मुख्य सचिव सुमनराज अर्याल भोलिदेखि ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैले पर्सिदेखि कार्यान्वयन हुने गरी आजै नयाँ मुख्य सचिव नियुक्त गर्ने तयारी सरकारको रहेको स्रोतको दाबी छ ।
२०८३ असार २४, बुधबार १२:३७ प्रकाशित



