मनसुनमा बिपी राजमार्ग पुरानै ट्र्याकबाट सञ्चालन हुने


काठमाडौं  । गत वर्षको बाढीले क्षति पुर्‍याएको बिपी राजमार्ग यस वर्षको मनसुनमा पुरानै ट्र्याकबाट सञ्चालन गर्ने तयारी गरिएको छ। जोखिमयुक्त अधिकांश स्थानमा संरक्षण पर्खाल निर्माण अन्तिम चरणमा पुगेको र पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेकाले सामान्य अवस्थामा पुरानै मार्गबाट सवारी सञ्चालन गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

हाल पुनर्निर्माणका विभिन्न ठेक्कामार्फत काम भइरहेको छ भने अधिकांश जोखिमयुक्त स्थानमा सवारी सञ्चालन गर्न मिल्ने अवस्था बनिसकेको छ। वर्षाअघि बाँकी काम सम्पन्न गरी सुरक्षित रूपमा यातायात सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

२०८३ असार २४, बुधबार ११:४१ प्रकाशित
ट्रेन्डिङ समाचार