काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी चार महत्त्वपूर्ण विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
बैठकको सुरुआतमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सदनलाई जानकारी गराउने कार्यक्रम पनि रहेको छ।
२०८३ असार १८, बिहीबार १०:५३ प्रकाशित

