काठमाडौँ । देशका प्रमुख नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्लाका ससाना नदी तथा खोलाहरूमा आगामी तीन दिनसम्म आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आजदेखि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ससाना नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


२०८३ असार १७, बुधबार १०:२६ प्रकाशित

